Market Closed

साधारण सभाको चटारो, ४ दिनमै ३० सूचीकृत कम्पनीको एजीएम, के–के दिंदैछन् ?

10 Jan,2019
  • AGM-Announcement-2_1_10_2019_8_13_21.jpg
सोभित थपलिया
 
काठमाडौं : सूचीकृत कम्पनीहरुलाई यतिबेला साधारण सभा सम्पन्न गर्न निकै चटारो परेको छ । आर्थिक वर्ष सुरु भएको ६ महिना भित्रै कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको साधारण सभा सम्पन्न गर्नुपर्ने कानुनी प्रावधान भएकाले अधिकांशलाई पुस मसान्तमा साधारण सभा गर्न भ्याइनभ्याई भएको देखिन्छ । पुस मसान्तभित्रै गत वर्षको साधारण सभा गर्न नसकेको खण्डमा कारण सहित नियामक निकायमा जानकारी गराउनुपर्ने हुन्छ ।

पुस महिना सकिन अब ४ दिन मात्र बाँकी रहेको छ । सर्वसाधारणमा सेयर जारी गरेका पब्लिक कम्पनीहरुलाई समयमै साधारण सभा सक्न झनै् धेरै दबाब पर्ने गर्छ । सेयरधनीप्रति जवाफदेही बन्न पनि यो अन्तिम ४ दिनमा ३० वटा सूचीकृत कम्पनीहरुले वार्षिक साधारण सभा गर्ने भएका छन् । 



नियामक निकायले तोकेको समय सकिन लाग्दा हतार हतार गरेर साधारण सभा गर्न तम्सिने वाणिज्य बैंकको संख्या ९ वटा रहेको छ । केहीले यसअघि नै साधारण सभा सकेपनि कतिपय वाणिज्य बैंकहरुको साधारण सभा पुस मसान्तपछि मात्र हुने देखएिको छ । यस्तै, एजीएमको तयारीमा विकास बैंक, फाइनान्स कम्पनी, जलविद्युत कम्पनी, माइक्रोफाइनान्स लगायत समूहका कम्पनीहरु पनि लागेका छन् । 
 
अन्तिम घडीमा आएर एजीउम गर्न लागे पनि सिन्धु विकास बैंक, हिमालयन पावर पार्टनर, नयाँ नेपाल लघुवित्त लगायत कम्पनीहरुले भने यसपटक लगानीकर्तालाई निराश बनाएका छन् । एजीउम बोलाए पनि यी कम्पनीहरुले लाभांश नदिने भएकाले सेयरधनी सन्तुष्ट हुने ठाउँ देखिँदैन ।
 
सूचीकृत नभएका कम्पनीलाई पनि साधारण सभाको चटारो 
 
दोस्रो त्रैमास सकिंनै लाग्दा नेप्सेमा सूचीकृत नभएका कम्पनीहरुले पनि धमाधम एजीएम बोलाइरहेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आफैले पुस २९ गते साधारण सभा गरेर ६६.६७% बोनस सेयर दिने घोषणा गरेको छ । यस्तै, सूचीकृत नभएका अन्य झण्डै २० कम्पनीहरुले पुस भित्रै साधारण सभा गर्ने भएका छन् । यी कम्पनीहरुमा मर्चेन्ट बैंक, लघुवित्त, जलविद्युत कम्पनीहरु लगायत रहेका छन् । 
 

Post Your Comment