Market Closed

सरकारको १०८ संस्थामा २ खर्ब २६ अर्ब रुपैयाँ सेयर लगानी, प्रतिफल भने जम्मा १३ बाट मात्रै

15 Apr,2019
  • 1_4_15_2019_1_32_07.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल सरकारले हालसम्म १०८ वटा संस्थामा सेयर लगानी गर्दा १३ वटा संस्थाबाट मात्र प्रतिफल पाएको छ । महालेखा परीक्षकको तथ्यांक अनुसार सरकारले गत वर्षसम्म १०८ वटा संस्थामा कुल १ खर्ब ८१ अर्ब ९१ करोड रुपैयाँ लगानी गरेको थियो । यस वर्ष बोनस सेयर र अन्य समायोजनबाट लगानी थप भएर २ खर्ब २६ अर्ब ७८ करोड रुपैयाँ पुग्दा प्रतिफल भने १३ वटा संस्थाबाट मात्र प्राप्त भएको महालेखाले जनाएको छ । 
 
नेपाल टेलिकम, नेपाल राष्ट्र बैंक, नगारिक उड्डयान प्राधिकरण लगायतका १३ संस्थामा रहेको सेयर लगानीबाट मात्र सरकारले १७ अर्ब ४२ करोड ९० लाख रुपैयाँ प्रतिफल कमाएको माहालेखा परीक्षकको ५६ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । यस्तै, नागरिक लगानी कोषले १ करोड ५७ लाख रुपैयाँ बराबरको बोनस सेयर दिएको छ ।
 
यद्यपि, बाँकी संस्थामा गरिएको १ खर्ब ५१ अर्ब ८६ करोड रुपैयाँ लगानी बालुवामा पानी खन्याए बराबर भएको छ । यी संस्थाहरुबाट सरकारले गत वर्ष कुनै पनि लाभांश पाएको छैन । यसलाई सुधार्न संस्थाको सञ्चालन र व्यवस्थापनमा दक्षता ल्याउनुपर्ने माहालेखाको ठहर छ । 

Post Your Comment