Market Closed

नयाँ वर्षमा सेयर बजारले देखायो सकारात्मक संकेत, लगानीकर्ता उत्साहित

15 Apr,2019
  • bull_bear_m_4_15_2019_3_22_04.jpg
नेपाली पैसा 
 
काठमाडौं : नयाँ वर्षको पहिलो दिनको सेयर कारोबारले सकारात्मक सन्देश दिएको छ । नेप्से सूचक हरियो बन्दा कारोबार रकम पनि औसतमा राम्रै छ । सोमबारदेखि एकैपटकमा ५ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्रीमा प्यान लागू गरिएको छ । यसबाट लगानीकर्ता सामान्य अलमलमा परे पनि विस्तारै बानी पर्दै जाने ब्रोकरहरुको भनाई छ ।

५ लाख भन्दा कमको खरिदबिक्रीमा प्यान अनिवार्य छैन । लगानीकर्ताले स्वेच्छिक रुपमा निर्णय गर्न सक्छन् । वर्षको पहिलो दिनको कारोबारमा बजार बढेकाले लगानीकर्ताको मनोविज्ञानमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको रिपोर्ट पनि सोमबारदेखि नै सार्वजनकि हुन थालेको छ ।

पहिलो रिपोर्ट सार्वजनिक गर्दै एनएमबि माइक्रोफाइनान्सले ५२.६१% ले नाफा बढोत्तरी भएको उल्लेख छ । सूचीकृत कम्पनीहरुको नाफा क्रमशः बढ्दै जाने यसले स्पष्ट संकेत गरेको छ । कम्पनीहरुको नाफा बढेपछि लगानीकर्ता थप आकर्षित हुनेछन् । यसको सकारात्मक प्रभाव पुँजी बजारमा पर्ने अपेक्षा छ । त्यतिमात्र होइन, अब विस्तारै बैंक ब्याजदर पनि घट्ने अनुमान छ ।

चालु आवको अब ३ महिना मात्र समय बाँकी छ । अन्तिम तीन महिनामा विकास निर्माणका काममा तीब्रता आउँछ । सरकारी खातामा रहेको पैसा बजारमा आउने भएकाले वित्तीय प्रणालीमा तरलता सहज हुनेछ । यसको सकारात्मक प्रभाव पनि बजारमा देखिन थाल्नेछ । नयाँ वर्षको नयाँ जोश र उमंगका साथ बजारमा नयाँ लगानीकर्ताको प्रवेश हुने अपेक्षा गर्न सकिन्छ । 
 
नीतिगत तथा कानुनी सुधार, प्रविधिमैत्री बजार, गाउँगाउँमा सेयर बजारको पहुँच विस्तार लगायतले थप सुधार आउने अपेक्षा गर्न सकिन्छ । अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, केन्द्रीय बैंक, नेप्से तथा सीडीएसले बजार सुधारका काम अघि बढाइरहेका छन् । थप सुधारका काम पाइपलाइनमा रहेको अवस्था छ । यसर्थ, लगानीकर्ताले आकर्षक वित्तीय सूचक भएका कम्पनी छानेर लगानी गर्न सके भविष्यमा राम्रो लाभ लिन सक्ने विश्वास गर्न सकिन्छ । 
 
नेप्से सूचक सोमबार ४.७० अंकले बढेर ११८८.७१ विन्दुमा आइपुगेको छ । समग्रमा बजार ०.४०% ले माथि लागेको हो । कुल १६५ कम्पनीको ३० करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । ९ लाख ६४ हजार ५९८ कित्ता सेयर खरिदबिक्री भएका छन् । 


 
कुल १० वटा समूहको सेयर कारोबार भएकामा सबैभन्दा धेरै माइक्रोफाइनान्स समूह माथि लागेको छ । यस समूहको सूचक ४२.४४ अंकले बढेको हो । यसैगरी, वाणिज्य बैंक समूहको सूचकमा पनि ५.८९ अंकको तेजी आएको छ । 
 
कारोबार रकममा नेको इन्सुरेन्सले अग्रता लिएको छ । नेकोको २ करोड ७५ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः कुमारी बैंक र एनआइसी एसिया बैंक परेका छन् । 
 
               कारोबार रकमका आधारमा प्रमुख १० कम्पनी 

 

Post Your Comment