Market Closed

सेयर तालिम नेपाली पैसामा आजदेखि हुँदैछ सुरु, तपाईं पनि आउनु है !

15 May,2019
  • training-banner_np_5_15_2019_10_13_48.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेप्से सूचक बढिरहेको हुन्छ । कारोबार रकम पनि बढेको छ । तर पनि कुनै कम्पनीको भाउ बढ्दैन । फेरि, कुनै बेला नेप्से सूचक घट्छ । कारोबार रकम पनि सुस्ताएको हुन्छ । त्यतिबेला पनि कतिपय कम्पनीको भाउ निरन्तरजसो बढिरहेको हुन्छ । आखिर किन ? तपाईंलाई पनि यी र यस्तै जिज्ञासाले बारम्बार सताउने गरेको हुन सक्छ । 
 
यदि हो भने, आउनुहोस् तपाईंका यी र यस्तै तमाम जिज्ञासाको समाधान गर्न नेपाली पैसाले सञ्चालन गर्दैछ सेयर बजार तालिम । जेठ १ गते बुधबार (आज) देखि जेठ ३ गते शुक्रबारसम्म सञ्चालन हुने यस तालिममा सेयर बजारमा लगानीका विविध पक्षमा जानकारी गराइनेछ । 
 
तालिम प्रत्येक दिन साँझ ४ः३० बजेदेखि ६ः३० बजेसम्म सञ्चालन हुनेछ । यसमा सेयर बजारका सैद्धान्तिक, व्यावहारिक तथा प्राविधिक पाटोका विविध पक्षमा प्रशिक्षार्थीलाई विस्तृतरुपमा सिकाइनेछ । तालिमका क्रममा सहभागीले सेयर बजारमा लगानी गर्न सिकाउने पुस्तक समेत निःशुल्क पाउनेछन् । तालिम नेपाली पैसाको कार्यालय पानाीपोखरी, काठमाडौंमा सञ्चालन हुनेछ ।
 
तपाईंले ४४१०४८७ तथा ९८०१११३१२४ मा कल गरेर पनि तालिमका बारेमा विस्तृत जानकारी पाउन सक्नुहुनेछ । यसैगरी, नेपाली पैसाको होम पेजको ट्रेनिङ अप्सनमा गएर पनि तालिम सम्बन्धी थप जानकारी लिन तथा आफ्नो नाम दर्ता गर्न सक्नुहुनेछ । 

तालिमका बारेमा विस्तृत जानकारी पाउन तथा आफ्नो नाम दर्ता गर्न यो लिंकमा क्लिक गर्नुहोस् । 

Post Your Comment