Market Closed

बैंकमा जम्मा गरेको पैसा डुब्दैन भनेर निक्षेपकर्ता ढुक्क छन् : अर्थमन्त्री खतिवडा

11 Jun,2019
  • asha_6_11_2019_12_18_31.jpg
नेपाली पैसा
 
काठमाडौं : बैंकमा जम्मा गरेर राखेको रकम डुब्दैन भन्नेमा निक्षेपकर्ता ढुक्क रहेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोषले प्रतिखाता ३ लाख रुपैयाँसम्मको सुरक्षण गरिदिएसँगै निक्षेपकर्ता ढुक्क भएको उनले बताए । अर्थमन्त्री डा. खतिवडाले निक्षेप तथा कर्जा सुरक्षण कोषको केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्दै बैंक डुब्न लागेको हल्ला सुन्दा पनि निक्षेपकर्ता निक्षेप फिर्ता लिन नगएको बताए ।
 
उनले भने, ‘निक्षेपको सुरक्षणका कारण बैंक तथा वित्तीय संस्थाहरु डुब्न लागेको सुन्दा पनि निक्षेपकर्ता बैंकमा निक्षेप फिर्ता माग्न गएका छैनन् ।’ साथै, पहिले २ लाख रुपैयाँसम्मको सुरक्षण गरिदिएकोमा अहिले बढेर ३ लाख रुपैयाँसम्म पुगेको उनले बताए । उनले प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह गर्दा हुने जोखिमलाई व्यवस्थापन गर्न कर्जालाई सुरक्षण दिने अभिप्रायले निक्षेप सुरक्षण कोष स्थापना भएको बताए ।


 
अर्थमन्त्री डा. खतिवडाले भने ‘धेरै लामो समयसम्म नेपाल राष्ट्र बैंकले यसको हिस्सा लिएको र नेतृत्व पनि आफैं राख्दै आएकोमा पछिल्लो नेपाल राष्ट्र बैंक ऐन र त्यसको कार्यान्वयन सँगसँगै राष्ट्र बैंकले आफ्नो हिस्सा झिक्दै गएपछि अहिले नेपाल सरकारको बढी हिस्सा हुन पुगेको छ ।’

Post Your Comment