Market Closed

चीनले व्यापार सम्झौता गर्न आनाकानी गरे अझै कर वृद्धि गर्ने ट्रम्पको चेतावनी

11 Jun,2019
  • trump_6_11_2019_5_49_37.jpg
नेपाली पैसा 
 
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रुप अफ २० बैठक (जी २०) मा चिनियाँ राष्ट्रपतिसँग व्यापारिक सम्झौता नभए चीनको सामानमा अभैm कर वृद्घि गरिने चेतावनी दिएका  छन् । उनले आगामी महिना जापानमा हुन लागेको जी २० बैठकमा चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता गरी व्यापारिक सम्झौताका लागि पहल गर्ने बताएका छन् । 
 
यही जुन २८ र २९ तारेखमा हुने जी २० बैठकमा ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भट्ने बताए पनि चीनयाँ पक्षबाट भने अहिलेसम्म कुनै पनि आधिकारिक जानकारी आएको छैन । ट्रम्पले विश्वका ठूला अर्थ व्यवस्था भएका नेताहरुसँगको भेटवार्तापछि मात्र ३ खर्ब डलर चिनियाँ सामानमा कर लगाउने निर्णय गर्नेछन् ।

ट्रम्पले पत्रकारहरु सँग कुरा गर्दै चिनियाँ राष्ट्रपतिसँग भेट हुने अपेक्षा गरेका छन् । ह्वाइट हाउसमा पत्रकारहरु सँग बोल्दै ट्रपले भने, “हामीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भट्ने कार्यातालिका बनाएका छौ । केही रोचक कुरा हुनेछ । हेरै अरु के–के हुनेछ ।”
 
अमेरिकाले हालै मात्र २ खर्ब ५० अर्ब बराबरको चिनियाँ सामानमा २५% कर वृद्घि गरेको थियो । चिनियाँ विदेश मामिला मन्त्रीले (परराष्ट्र मन्त्री) ले पनि अमेरिकासँग व्यापारिक वार्ता गर्न तयार रहेको वताएका छन्, तर कहिले वार्ता गर्ने भनेर औपचारिक टुंगो लागिनसकेको उनको भनाई छ । 
 
मे १० मा ट्रम्प प्रशासनले २ खर्ब बराबरको चिनियाँ सामानमा २५% कर वृद्घि गरेको थियो । ३ खर्ब बराबरको सामानमा लेवी ड्युटी समेत लगाएको थियो । चीनले पनि अमेरिकाको ६० अर्ब डलर बराबरको सामानमा कर वृद्घि गरेको छ । गत महिना अमेरिकाले चिनियाँ कम्पनी हुवायेलाई पनि अमेरिकाबाट प्रतिबन्ध लगाएको थियो ।

हुवाय विश्वको ठूलो टेली कम्युनिकेसन कम्पनी हो । चीनले मेमोरी चिप, ब्याट्री जस्ता उपकारण बनाउन चाहिने धातु (रियर अर्थ) अमेरिका र्नियात गर्न रोकेको छ । गत महिना चीन–अमेरिकी व्यापार युद्घ समाधान गर्न बसेको दुई देशबीच भएको २ दिने वार्ता बिना निस्कर्ष टुंगिएको थियो । 
 

Post Your Comment