Market Closed

नगद अभाव हुन थालेपछि केन्द्रीय बैंकले बजारमा पठायो १० अर्ब

12 Jun,2019
  • nepal-rasta-bank_6_9_2019_5_36_59.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (जेठ २९ गते) १० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । ७ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिपो जारी गर्न लागेको हो । बुधबार अपराह्न ३ बजे बोलकबोल हुने यो रिपो असार ४ गते परिपक्क हुनेछ । केन्द्रीय बैंकका अनुसार ५% वा सो भन्दा कम ब्याजदर कबोल गरी पेश भएका बोलपत्र रद्द गरिनेछ । 
 
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।

Post Your Comment