Market Closed

लाभकर समस्या तत्काल समाधान नगरे कडा आन्दोलनमा उत्रिने दबाब समूहको चेतावनी

19 Jul,2019
  • capital-gains-6_7_19_2019_1_45_55.jpg
नेपाली पैसा 
 
काठमाडौं : पुँजीगत लाभकर गणना विधि सम्बन्धमा आएका समस्या तत्काल समाधान नभए कडा प्रतिवादमा उत्रिने सेयर लगानीकर्ता दबाब समूहले बताएको छ । समूहका अध्यक्ष हरि ढकालले विज्ञप्ति जारी गर्दै पछिल्लो समय सेयर बजारमा आन्दोलनमार्फत प्राप्त उपलब्धिहरुमा विभिन्न खालका सुनियोजित षड्यन्त्र हुन थालेको छ । यसैक्रममा, साउन १ गतेदेखि सीडीएससीले लागू गरेको पुँजीगत लाभकर गणना विधि र प्रक्रिया आम लगानीकर्ताका लागि निकै झन्झटिलो, अवैज्ञानिक र त्रुटिपूर्ण रहेकाले तत्काल सच्याउन माग गरिएको छ ।

सीडीएससीको पछिल्लो निर्देशनले सेयर बजारलाई प्रविधिमैत्री बन्न नदिने दुस्साह गरिएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । आम लगानीकर्ताको सहज तरिकाले सेयर खरिदबिक्री गर्न पाउने अधिकारलाई कुण्ठित गर्न खोज्नेहरु माथि कडा प्रतिवादमा उत्रिन समेत समूहले लगानीकर्तासँग आग्रह गरेको छ । 

 

Post Your Comment