Market Closed

शोधनान्तर घाटा ९० अर्ब ८३ करोड, चालु खाता पनि घाटामै

19 Jul,2019
  • NRB-Logo_(1)_7_19_2019_2_07_13.jpg
नेपाली पैसा 
 
काठमाडौं : शोधनान्तर घाटा ९० अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा जम्मा ४ अर्ब ३४ करोड रुपैयाँ मात्र थियो । मुलुक भित्रिने भन्दा बाहिरिने रकम ह्वात्तै बढेपछि शोधनान्तर घाटामा थप चाप परेको हो । यो तथ्यांकले आयात–निर्यात व्यापार सहित समग्र अर्थतन्त्रलाई ट्रयाकमा राख्न सकस परिरहेको बुझ्न सकिन्छ ।

यसैगरी, सरकारको चालु घाटा पनि निरन्तर बढ्दै २ खर्ब ४८ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा २ खर्ब १० अर्ब २४ करोड रुपैयाँ ििथयो । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७५–७६ को ११ महिना (जेठ) को तथ्यांक सार्वजनिक गर्दै शोधनान्तर घाटा र चालु घाटा थप बढेको देखाएको हो ।  

 

Post Your Comment