Market Closed

महँगी झनै् बढ्यो, भारतमा भन्दा नेपालमा दोब्बर बढी

19 Jul,2019
  • price_hike_7_19_2019_2_28_06.jpeg
नेपाली पैसा  
 
काठमाडौं : महँगी झनै् चुलिन थालेको छ । केन्द्रीय बैंकको तथ्यांकले जेठ महिनामा औसत महँगी दर ६.२% पुगेको छ । जबकी अघिल्लो वर्ष यसै अवधिमा महँगी ४.१% ले मात्र बढेको थियो । खाद्य तथा पेय पदार्थको महँगी अधिक बढेको देखिन्छ । अघिल्लो वर्ष यो समूहको महँगी ३% मात्र बढेको थियो । यसपटक खाद्य तथा पेय पदार्थको महँगी दर बढेर ६.७% पुगेको छ । यसैगरी, गैर खाद्य तथा सेवातर्फ पनि महँगी दर ५.७% पुगेको छ । अघिल्लो वर्ष यो शीर्षकको महँगी दर ५% मात्र थियो ।



क्षेत्रगत आधारमा सबैभन्दा बढी महँगी काठमाडौं उपत्यकामा ७.१% रहेको छ । सबैभन्दा कम पहाडमा ५.७% छ । भारतमा भन्दा नेपालमा महँगी दोब्बर बढी रहेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । नेपालमा औसत महँगी दर ६.२% हुँदा भारतमा जम्मा ३.१८% मात्र छ । यसबाट सरकार महँगी नियन्त्रणमा असफल रहेको देखिन्छ । 
 

Post Your Comment