Market Closed

सेयर लगानीकर्ता संघ नेपाल भन्छ–पुँजी बजार फेरि अस्थिर बनाउने षड्यन्त्र सुरु भयो

19 Jul,2019
  • lagani_imh_7_19_2019_5_34_11.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर लगानीकर्ता संघ, नेपालले भारित औसत लागतका आधारमा पुँजीगत लाभकर गणना गर्ने विधिमा अनावश्यक विवाद उत्पन्न गराइएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस सम्बन्धमा सीडीएससी र ब्रोकर एसोसिएसनले जारी गरेका सूचनाप्रति संघको असहमति रहेको समेत उल्लेख गरिएको छ ।  
 
विगत वर्षमा यसै विषयलाई लिएर लगानीकर्ताले आन्दोलन गरेको र त्यसपछि २०७२ पुस मसान्तलाई आधार वर्ष मान्ने गरी औसत लागत गणना गर्ने सहमति भएको समेत संघले उल्लेख गरेको छ । यो तथ्यलाई नजर अन्दाज गर्दै अहिले सम्बन्धित निकाय आफ्नो जिम्मेवारी बाट पन्छिएर लगानीकर्तालाई पुनः पुरानै पद्धतितर्फ धकेल्ने नियत प्रष्ट रूपमा झल्किएको समेत सेयर लगानीकर्ता संघ नेपालले दाबी गरेको छ ।
 
अर्थमन्त्रीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६–७७ को बजेट भाषणमा आयकर ऐन २०५८ को दफा ९५ (क) को संशोधन मार्फत उपदफा २ को २ (क) बमोजिम लाभ गणना गर्दा जुन निकायको हित निसर्ग हुने हो त्यस्तो निकायमा सो मितिमा सो व्यक्तिको स्वामित्वमा हितको भारित औषत लागतको आधारमा गणना गर्नु पर्नेछ भन्ने आर्थिक विधेयकमा उल्लेखित भएको छ ।

यो बजेटसमेत स्वीकृत भइसकेको अवस्था छ। सो औषत लागतको आधार मिति भने “पुँजिवजार अस्थिर बनाउने” नियतका साथ छुटाइएको संघले दाबी गरेको छ ।  हाल त्यसैको परिणाम स्वरूप सीडीएससीको सूचना सम्प्रेषण भएको संघको ठम्याईं रहेको छ । 
 
पुँजी बजार अनलाइन प्रणालीमा प्रवेश गरिसकेको अवस्थामा फेरि ब्रोकर कार्यालयमा गएर ल्याप्चे र हस्ताक्षर सहित स्वःघोषणा गर्नुपर्ने परिपत्र जारी गरिनुले अगाडि बढेका पाइला फेरि पछाडि धकेल्ने प्रयास भएको समेत संघले बताएको छ । यसर्थ, २०७२ पुस मसान्तलाई नैऔषत मूल्यको आधार वर्ष लिने व्यवस्था गरी ५% लाभकर नै अन्तिम करका रूपमा कर फर्छ्यौट गर्न समेत माग गरिएको छ । 

Post Your Comment