Market Closed

वाणिज्य बैंकहरुले कति प्रतिशत ब्याजमा दिंदैछन् सेयर किन्न ऋण ?

09 Aug,2019
  • share_loan_8_9_2019_6_10_31.png
इशारा कोइराला
 
काठमाडौं : नयाँ आर्थिक वर्ष सुरु भए सँगै बैंक तथा वित्तीय संस्थाले नयाँ आधार दर (बेस रेट) सार्वजनिक गरेका छन् । यसै दरलाई आधार मानेर बैंक तथा वित्तीय संस्थाले विभिन्न किसिमका कर्जा प्रवाह गर्छन् । आधार दरमा बैंकको आवश्यकता र क्षमता अनुसार त्यसमा केही प्रतिशत प्रिमियम थप गरी कर्जा प्रवाह गर्छन् । यहाँ, हामीले बैंकहरुले असार मसान्तसम्म सार्वजनिक गरेका आधार दरकै आधारमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने सेयर धितो कर्जाको बारेमा जानकारी दिएका छौं । 
 
सबै भन्दा कम आधार दर स्टान्डर्ड चार्टर्डको हुँदा धेरै सन्चुरीको 
 
बैंकहरुले सार्वजनिक गरेका पछिल्लो आधार दर मध्ये सबैभन्दा कम स्टान्डर्ड चार्टर्ड बैंकको रहेको छ । यसको आधार दर ७.६३% रहेको छ । यद्दपि, यसले कति प्रिमियम थप गरेर सेयर कर्जा प्रवाह गर्छ भन्ने खुलाएको छैन । चार्टर्डले सेयर कर्जा खासै दिने गरेको छैन । 
 
यता, सरकारी स्वामित्वको नेपाल बैंकको आधार दर भने ७.९८% छ । बैंकले यसमा ४.०५% देखि ५.०२% सम्म प्रिमियम थप गरेर सेयर कर्जा प्रवाह गर्छ । त्यस्तै, कृषि विकास बैंकले पनि आधार दरमा २ देखि ५% सम्म प्रिमियम थपेर सेयर कर्जा प्रवाह गर्छ । 




राष्ट्रिय वाणिज्य बैंकले भने असार मसान्त सम्मको आधार दर सार्वजनिक गरेको छैन । यद्दपि, यसले आधार दरमा ४% देखि ५.६७% सम्म प्रिमियम थप गरेर सेयर धितो कर्जा दिदैं आएको छ । यसअवधिमा सबैभन्दा धेरै आधार दर सेन्चुरी कमर्सियल बैंकको रहेको छ ।

यो बैंकको आधार दर ११.२९% छ । यसमा २.२५% देखि ४.२५% सम्म प्रिमियम थप गरेर बैंकले सेयर कर्जा प्रवाह गर्छ । त्यस्तै, सिभिल बैंकको आधारदर ११.११% छ । यसमा ०% देखि ६% सम्म थप गरेर कर्जा प्रवाह हुन्छ ।
 

Post Your Comment