Market Closed

नेपाली पैसाले सुरु गर्दैछ अब एक हप्ते सेयर बजार तालिम, तपाईं पनि आउनुस् है !

19 Aug,2019
  • training-banner_8_26_2019_9_40_28.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाली पैसाले एक हप्ते सेयर बजार तालिम सुरु गर्ने भएको छ । सेयर बजारका सबै आयाम समेटर नयाँ कोर्ष तयार पारिएको हो । यस कोर्षमा सेयर बजारसँग सम्बन्धित सबै पक्षको आधारभूत जानकारी गराइनेछ । सेयर बजारलाई प्रत्यक्ष र  अप्रत्यक्ष रुपमा प्रभाव पार्ने विषयका बारेमा पनि सिकाइनेछ । बजारमा लगानी गर्दा ध्यान दिनैपर्ने आधारभूत र प्राविधिक पक्षमा तालिम केन्द्रित हुनेछ । सेयर बजार घटबढ भइरहन्छ । यो सामान्य प्रक्रिया हो ।

कुन बेला कस्तो रणनीति अपनाउने भन्नेमा धेरैलाई ज्ञान अभाव हुन सक्छ । कम्पनी कसरी छान्ने ? सुरक्षात्मक रणनीति कसरी अवलम्बन गर्ने भन्ने पक्षमा पनि सहभागीलाई सिकाइनेछ । यसैगरी, सेयर बजारसँग सम्बन्धित पक्षहरुले चाल्ने कदम र यसले पार्ने प्रभावका बारेमा अवगत गराइनेछ । त्यतिमात्र होइन, पछिल्लो समय पुँजी बजारमा नयाँ–नयाँ प्रविधि भित्रिएका छन् ।

प्रविधि र बजारको सम्बन्ध, प्रयोग र प्रभावका बारेमा पनि सिकाइनेछ । सेयर बजारको प्राविधिक पाटो समेत कोर्षमा समावेश गरिएको छ । सात दिने यो तालिम भदौ १५ गतेदेखि भदौ २२ गतेसम्म सञ्चालन हुनेछ । तालिम प्रत्येक दिन दिउँसो ४ बजेदेखि साँझ ६ः३० बजेसम्म चल्नेछ । नेपाली पैसाको कार्यालय पानीपोखरीमा सञ्चालन हुने यस तालिमका बारेमा थप जानकारी ४४१०४८८, ४४१०४८७ वा ९८०१११३१२४ मा कल गरेर पनि लिन  सकिनेछ । 
 
 
 

Post Your Comment