Market Closed

धितोपत्र बोर्डले सीडीएसलाई सोध्यो स्पष्टीकरण, ल्याप्चे किन अन्त्य भएन ?

22 Aug,2019
  • sebon_8_22_2019_1_44_03.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल धितोपत्र बोर्डले भौरित औसत लागत विधिबाट पुँजीगत लाभकर गणनाको सफ्टवेयर प्रणाली विकास गरी कार्यान्वयन गर्न किन विलम्ब भएको हो भन्दै सीडीएस एन्ड क्लियरिङ लिमिटेडसँग स्पष्टीकरण सोधेको छ । लगानीकर्तालाई ब्रोकर कार्यालयसम्म पुगेर ल्याप्चे लगाउन निकै सास्ती भएको छ । यस सम्बन्धमा लगानीकर्ताबाट बारम्बार गुनासाहरु समेत आइरहेका छन् ।

धितोपत्र बोर्डले लगानीकर्तालाई ब्रोकर कार्यालयसम्म धाउन नपर्ने गरी सरल व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको ११ दिन बितिसक्दा पनि किन कार्यान्वयन भएन भन्दै बोर्डले प्रश्न सोधेको छ । धितोपत्र बोर्डले यसअघि साउन २४ गते सीडीएसलाई लगानीकर्तालाई पुँजीगत लाभकर गणना गरी ब्रोकर कार्यालयसम्म धाउन नपर्ने गरी सरल व्यवस्था गर्न निर्देशन दिएको थियो ।

मेरो सेयर सफ्टवेयरबाटै लाभकर गणना गर्न सक्ने गरी सीडीएसले काम गरिरहेको छ । यता, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले भने यो प्रणाली तयार पारिसकेको छ । अहिले परीक्षण भइरहेको उसको भनाई छ । केही दिनमै अब यसलाई सञ्चालनमा ल्याइनेछ । 


 
 

Post Your Comment