Market Closed

पेट्रोलियम पदार्थको भाउ घट्यो, के मा कति भयो सस्तो ?

10 Sep,2019
  • petrol_9_10_2019_12_39_40.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । पेट्रोल, डिजेल र मट्टितेल तीनवटै प्रतिलिटर २ रुपैयाँका दरले भाउ घटेको हो । पेट्रोलियम पाइपलाइन उद्घाटनकै दिन पारेर आयल निगमले भाउ घटाइदिएको हो । 
 
अब नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १०७ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ पर्नेछ । घटेको भाउ मंगलबार मध्यान्ह १२ बजे बाटै लागू भइसकेको निगमले जनाएको छ । यसअघि पेट्रोलको मूल्य १०९ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ९७ रुपैयाँ थियो । 
 

Post Your Comment