Market Closed

समता लघुवित्तले २००% हकप्रद ल्याउन गर्यो बुक क्लोज

11 Sep,2019
  • book_close_9_11_2019_10_21_43.jpg
नेपाली पैसा
 
काठमाडौं : समता लघुवित्त वित्तीय संस्थाले २००% हकप्रद जारी गर्न असोज १ गते बुक क्लोज गर्न भएकोछ । भदौ ३१ गते कायम सेयरधनीले प्रस्तावित हकप्रदमा आवेदन दिन सक्नेछन् । यस लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ दरले  १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यद्दपि, हकप्रद खुला हुने मिति भने तय भएको छैन । 
 
यसले १२ करोड १२ लाख ४४ हजार रुपैयाँ बराबरको हकप्रद वितरण गर्नेछ । बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । समताले हालै वितरण गरेको ६.६६% बोनस सेयरपछि कायम भएको ६ करोड ६ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजीको २००% हकप्रद जारी गर्न लागेको हो । यो हकप्रदपछि पुँजी १८ करोड २० लाख १६ हजार रुपैयाँ पुग्नेछ ।
 
 गत आर्थिक वर्षको अन्त्यसम्म यस लघुवित्तले २ करोड ५७ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको भन्दा २४९.३१% ले धेरै हो । यसको रिजर्भ कोष २८५.८५% को वृद्धि भएर ८ करोड ४२ लाख ५६ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ३२ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ ८७ पैसा छ ।
 

Post Your Comment