Market Closed

एप्पलको नयाँ आइफोन लन्च : यी हुन् मुख्य आकर्षण

11 Sep,2019
  • iphone_9_11_2019_11_24_11.jpg
नेपाली पैसा
 
काठमाडौं : एप्पलले नयाँ आइफोन सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रम आयोजना गरेर कम्पनीले अत्याधुनिक फोन सार्वजनिक गरेको हो । एप्पलको मुख्यालय क्यालिफोर्नियामा एप्पलका सीइओ टिम कुकले नयाँ फोन सार्वजनिक गरेका हुन् । कम्पनीले आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्स सार्वजनिक गरेको हो । आइफोन ११ को सुरुवाती मूल्य ६९९ अमेरिकी डलर तोकिएको छ ।

यो गत वर्षको आइफोन एक्सआर कै मूल्य बराबरको हो । यस्तै, आइफोन ११ प्रो को मूल्य ९९९ डलर छ भने आइफोन ११ प्रो म्याक्सको मूल्य १०९९ डलर पर्छ । कम्पनीले नयाँ आइफोनको डिजाइनमा खासै परिवर्तन गरेको छैन । यसपालिको फोनमा क्यामेरा र ब्याट्रीमा बढी प्राथमिकता दिइएको छ । आइफोन प्रो भन्दा आइफोन प्रो म्याक्स ४ घण्टा बढी चार्ज टिक्नेछ । तीनवटै फोनमा १२ मेगापिक्सेलको क्यामेरा जोडिएको छ । सबै मोडलमा पछिल्लो संस्करण आइओएस १३ प्रयोग भएको छ । 
 
आइफोन ११ प्रो र प्रो म्याक्सका विषेशताहरु 
 
आइफोन ११ प्रोको ५.८ इन्च डिस्प्ले  र प्रो म्याक्सको ६.५ इन्च डिस्प्ले । 
सुपर रेटिना डिस्प्ले । 
६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेज क्षमता ।
फोर एक्स अप्टिकल जुम रहेको ३ वटा रियर क्यामेरा ।  
गत वर्षको मोडलभन्दा प्रोमा ४ घन्टा र प्रो म्याक्समा ५ घन्टा बढी ब्याट्री टिक्न सक्ने क्षमता । 
फेस आइडी लक अझै छिटो खुल्ने । 
वाइफाइ ६ सर्पोट गर्दछ । तर ५ जी भने छैन् । 
अगाडि र पछाडि दुवै तर्फबाट ४ के भिडियो खिच्न सकिने। अगाडिको क्यामेराबाट पनि स्लो मोसन भिडियो खिच्न सकिने । 
नयाँ पोट्रेट लाइटिङ इफेक्ट । 
आइओएस १३ । 
छिटो चार्ज हुने । 
४ वटा कलरमा उपलब्ध : मिड् नाइट ग्रीन, स्पेस ग्रे, सिल्भर र गोल्ड । 
आइफोन ११ प्रो सुरुवाती मूल्य ९९९ डलर । 
आइफोन ११ प्रो म्याक्स सुरु मूल्य १०९९ डलर । 
 
आइफोन ११ का विशेषताहरु :
 
६ वटा कलर : कालो, सेतो, पँहेलो, पर्पल, हरियो र रातो 
ए १३ बायोनिक चिप । 
६४ जीबी, २५६ जीबी र ५१२ जीबी  स्टोरेज क्षेमता । 
आइफोन एक्स आर भन्दा  १ घन्टा बढि ब्यट्रि क्षेमता
फेस लक छिटो खुल्ने । 
बाइफाइ ६ सर्पोट गर्छ तर ५ जी छैन । 
१२ मेगा पिक्सेलका २ वटा क्यामेरा (पछाडि) । 
क्यामेरामा नाइट मोड सुविधा । 
टु एक्स अप्टिकल जुम । 
१२ मेगापिक्सलको फ्रन्ट क्यामेरा । 
अगाडि र पछाडिबाट ४ के भिडियो खिच्न सकिने ।  अगाडिको क्यामेराबाट पनि स्लो मोसन भिडियो खिच्न सकिने । 
आइओएस १३ । 
सुरुवाती मूल्य ६९९ डलर । 
 
(एजेन्सीहरुको सहयोग)
 

Post Your Comment