Market Closed

एमाजोनले भारतमा बनायो विश्वकै ठूलो भवन

11 Sep,2019
  • amazon_2_new_9_11_2019_12_58_20.jpg
नेपाली पैसा
 
काठमाडौं : एमाजोनले भारतमा आफ्नो कम्पनीका लागि विश्वकै सबैभन्दा ठूलो कार्यालय बनाएको छ । भारतको हैद्रावादमा निमार्ण गरिएको यो भवन ९.५ एकड क्षेत्रमा फैलिएको छ । अनलाइन सपिङ कम्पनी एमाजोनका लागि भारत राम्रै नाफा आर्जन  गर्ने क्षेत्र बन्ने प्रक्षेपणहरु भइरहेका बेला एमाजोनले नयाँ भवन तयार भएको बताएको हो । विश्लेषकहरुले भारतमा सन् २०२२ सम्ममा इ–कमर्सको समग्र व्यापार १ अर्ब डलर पुग्ने अनुमान गरेका छन् ।

तर, एमाजोनले भारतमा वालमार्टसँग चर्को प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । वालमार्टले पनि भारतको राम्रै चलेको इ–कमर्स कम्पनी फिल्पकार्ट सन् २०१८ मा किनिसकेको छ । यद्दपि, भारतमा कुल जनसंख्याको करिब ३% मा मात्र इ–कमर्सको पहुँच पुगेको देखिन्छ । यसआधारमा अनलाइन सपिङको भारतमा व्याापर विस्तारको सम्भावना अधिक देखिन्छ ।

एमाजोनले यही सम्भावना देखेको हुन सक्ने आँकलन गरिएको छ । एमाजोनले स्थानीय बजारका उत्पादनलाई पनि आफ्नो सेवामा समावेश गर्ने योजना बनाएको छ । यस्तै, इ–कमर्स अनुभव नभएका उपभोक्ताहरुका लागि पनि एप बनाएर सहजीकरण गर्ने कम्पनीको रणनीति छ । 

 
एमाजोनको भारतस्थित नयाँ भवनका केही रोचक तथ्यहरुः 
 
–यस भवनमा ४९ वटा उच्च गतिमा कुद्ने एलिभेटरहरु छन् । यी एलिभेटरहरुले एक सेकेन्डमा एक तल्ला पार गर्न सक्छन् । 
 
यो एमाजोन भवन निमार्ण गर्न ३ वर्ष लाग्यो । यसको निर्माण सन् २०१६ मार्च ३० मा सुरु भएको थियो ।
 
प्रत्येक दिन करिब २ हजार जना कामदारले ३९ महिनासम्म लगातार काम गरे । उनीहरुले १ करोड ८० लाख घण्टा यो भवन बनाउन समय खर्चिएका थिए ।
 
यसमा १५ हजार जनाले रोजगारी पाएका छन् ।
 
क्षेत्रफलका आधारमा यो एमाजोनका लागि विश्वमै सबैभन्दा ठूलो भवन हो । 
 
आइफिल टावर भन्दा यसमा २.५ गुणा धेरै स्टिल प्रयोग भएको छ ।
 
एकैचोटी ९७२ जनालाई एलिभेटरले २९० वटा कन्फेरेन्स हलसम्म पुर्याउन सक्छ ।
 
यस भित्र ३०० वटा रुखविरुवा रोपिएका छन् । ८.५ लाख लिटर वाटर रिसाइकलिङ प्लान्ट रहेको छ । 
 
एमाजोन कमाउन्ड भित्र हेलिप्याड र सबै समय खुल्ने क्याफ्ेटेरिया पनि छ ।
 
प्रार्थना कक्ष, नुहाउने ठाँउ, बच्चा स्यहार गर्ने कक्ष लगायतका सविधा उपलब्ध छन् । 

(एजेन्सीहरुको सहयोगमा)
 

Post Your Comment