नेपाली पैसा
काठमाडौं : नेपाली पैसाले आयोजना गरेको साताव्यापी सेयर बजार तालिम सम्पन्न भएको छ । भदौ १५ देखि २३ गते (८ दिन) सम्म चलेको यस तालिममा सेयर बजारका बहुआयामिक पक्षहरुका बारेमा सहभागीलाई सिकाइएको थियो । सेयर बजारका सामान्य विषय वस्तुदेखि आधुनिक प्रविधिसम्मका विषयमा सहभागीले गहन रुपमा सिक्ने मौका पाए ।
सैद्धान्तिक र व्यवहारिक दुवै पक्षमा जानकारी गराइएकाले आफूहरुलाई तालिमबाट महत्वपूर्ण उपलब्धि हासिल भएको सहभागीहरुले बताए । तालिममा सिकेका आधारभूत पक्षलाई व्यवहारमा उतार्ने उनीहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।
पुँजी बजारका सबै आधारभूत पक्ष तालिमको विषयवस्तु बनेको थियो । यसबाहेक सहभागीलाई नेप्सेको लाइभ ट्रेडिङ, अनलाइन कारोबार लगायतका पछिल्ला प्रविधि र यसमा कसरी पोख्त हुने भन्ने सन्दर्भमा पनि सिकाइएको थियो ।