Market Closed

मार्केट मेकरको काम अन्तिम चरणमा, ब्रोकर लाइसेन्स बाँड्न प्रतिवेदन तयार

18 Sep,2019
  • NEPSE-post-quake-building_2_9_18_2019_2_10_27.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्जले बजार निर्माता (मार्केट मेकर) लाई अनुमति दिन आवश्यक अध्ययन गरी प्रतिवेदन धितोपत्र बोर्डमा पेश गरिसकिएको बताएको छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा धितोपत्र व्यवसायीहरुलाई बजार निर्माताको काम गर्न दिन नेप्सेले अध्ययन प्रतिवेदन तयार पारेको हो । बजार निर्माताको काम गर्नका लागि वर्तमान कारोबार प्रणालीमा आवश्यक व्यवस्था समेत गरिएको नेप्सेले जानकारी गराएको छ । 
 
पुँजी बजार सुधारका क्रममा यसअघि प्रस्तुत गरिएका ५८ बुँदा कार्यक्रम अन्तर्गत आफ्नो जिम्मामा परेका कामहरु द्रुत गतिमा अघि बढेको समेत नेप्सेले दाबी गरेको छ । केही दिनअघि धितोपत्र बोर्डले नेप्सेसँग एक साता भित्र प्रगति विवरण मागेको थियो । त्यसको जवाफ पेश गर्दै नेप्सेले बजार निर्माताका लागि नेप्सेको प्रणाली सक्षम रहेको समेत बताएको हो । 
 
बैंकको सहायक कम्पनीमार्फत ब्रोकर लाइसेन्स दिन अर्थ समितिको पत्र अनुसार हाललाई स्थगित गरिएको नेप्सेको भनाई छ । यता, संघीय संरचना अनुसार आर्थिक रुपले सक्रिय उपत्यका बाहिरका जिल्लाहरुमा ब्रोकर लाइसेन्स वितरण गर्न अध्ययन पूरा गरी कार्यविधि समेत तयार भइसकेको नेप्सेले बताएको छ ।

यो अहिले सञ्चालक समितिमा छलफलको क्रममा रहेको छ । यसैगरी, लगानीकर्ता सुरक्षण कोष सञ्चालनमा आइसकेको, ओटीसी बजारलाई थप प्रभावकारी हिसाबले सञ्चालन गर्न काम सुरु भइसकेको समेत जानकारी गराएको छ । 
 

Post Your Comment