Market Closed

केन्द्रीय बैंकले २० अर्बको रिपो बोलकबोल गर्दै, आजै बजारमा पठाउने

19 Sep,2019
  • bafiya_9_12_2019_12_03_22.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (बिहीबार) २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । ७ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिपो जारी गर्न लागेको हो । रिपो आज अपराह्न ३ बजे बोलकबोल गरेर आजै जारी हुने राष्ट्र बैंकले जनाएको छ । असोज ९ गते परिपक्क हुने यस रिपोको ब्याजदर न्यूनतम ४.५% तोकिएको छ ।
 
बैंकिङ प्रणालीमा लगानी योग्य रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ । यसबाट बैंकिङ प्रणालीमा तरलता सहज पार्न सहयोग पुग्छ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् । 

Post Your Comment