Market Closed

३६ करोड विगो दाबीसहित ३ कम्पनी सञ्चालक विरुद्ध राजस्व अनुसन्धानको मुद्दा

19 Sep,2019
  • Rajaswa_9_19_2019_10_36_57.jpg
नेपाली पैसा 

काठमाडौं : राजस्व छली गरेको आरोपमा तीन व्यावसायिक कम्पनीका सञ्चालक तथा सहयोगीविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले झुट्टा तथा नक्कली बिजक बिक्री गरी राजस्व छली गर्ने काठमाडौंको एएस हार्डवेयर, काठमाडौँको बत्तीसपुतलीस्थित रुक्मिणी इण्डस्ट्रिज प्रालि र कपिलवस्तुको कृष्ण ट्रेडिङ सप्लायर्स विरुद्ध मुद्दा दर्ता गरेको हो । 
 
विभागले ३ कम्पनीबाट  ३६ करोड २४ लाख बिगो कायम हुने गरी सजायको माग गर्दै मुद्दा दर्ता गरेको छ । विभागले एएस हार्डवेयरसँग २२ करोड २६ लाख ९४५ रुपैयाँ बिगो कायमको माग दाबीसहित मुद्धा दायर गरेको छ । विभागले हार्डवेयरका प्रोपाइटर सरला श्रेष्ठ समेत ७ जना उपर झुट्टा तथा नक्कली विजक बिक्री गरी राजस्व छलि गरेको आरोपमा   काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।      
 
त्यस्तै, रुक्मिणी इण्डस्ट्रिज विरुद्ध १२ करोड ४६ लाख बिगो कायम गरी बारा जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । यता, कृष्ण ट्रेडिङ सप्लायर्सविरुद्ध एक करोड ५२ लाखको बिगो कायमको माग दाबीसहित कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दायर गरिएको जनाएको छ ।

कृष्ण ट्रेडिङ सप्लायर्समार्फत गोपाल अग्रहरी भनिने मनिष लोहारले कर्मचारी बिक्की भनिने सुनिलकुमार गुप्ताको नाममा गोदाम भाडामा लिई भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको विभागले बताएको छ । 
 

Post Your Comment