सुनको भाउ तोलामा ६ सय सस्तो, ७० हजार ७ सय रुपैयाँमा कारोबार

19 Sep,2019
  • gold_img_9_19_2019_11_06_14.jpg
नेपाली पैसा 
 
काठमाडौं : पछिल्लो समय सुनको मूल्यमा उतारचढाब आउने क्रम जारी छ । निरन्तर बढेपछि फेरि उतारचढाव प्रक्रिया सुरु भएको हो । यसैबीच, बिहीबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको छ । यस दिन छापावाल सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ । यता, तेजाबी सुन पनि प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।



बिहीबार चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भएको छ । अहिले चार्डवार्डको सिजन हो । चार्डवार्ड नजिकिएसँगै सुनको माग बढ्ने गर्छ । तर, यो वर्ष सुनको मूल्यमा भारी वृद्धि भएकाले सुनका माग घटेको व्यवसायीले बताएका छन् । यसअघि सुनको भाउ भदौ १८ गते हालसम्मकै उच्च प्रतितोला ७३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो । 
 

Post Your Comment