Market Closed

दसैंको नयाँ नोट असोज १० गतेदेखि साँट्न पाइने, कहाँ–कहाँबाट लिने सुविधा ?

20 Sep,2019
  • nepali-rupees-5_9_20_2019_10_09_08.jpg
नेपाली पैसा 
 
काठमाडौं : राष्ट्र बैंकले दशैंका लागि असोज १० गतेदेखि नयाँ नोट साँट्न सुरु गर्ने भएको छ । नयाँ नोट सटही असोज १० गतेदेखि १७ गतेसम्म चल्ने केन्द्रीय बैंकले जानकारी गराएको छ । उपत्यकाबाहिर भने राष्ट्र बैंकका क्षेत्रीय कार्यालय सहित नोट कोष रहेका वाणिज्य बैंकका शाखाबाट समेत सटही सुविधा उपलब्ध हुनेछ । जस अनुसार उपत्यकाबाहिर विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीमा राष्ट्र बैंकका कार्यालयहरुबाट नयाँ नोट साँट्न सकिनेछ ।
 
त्यस्तै, राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारबाट पनि नयाँ नोट सटही सुविधा उपलब्ध हुनेछ । प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट सटही हुनेछ । यसका अतिरिक्त थप नोट लिन चाहनेहरुका लागि पुराना तर सुकिला नोट उपलब्ध गराउने राष्ट्र बैंकले बताएको छ । ५, १०, २०, ५० र १ सय रुपैयाँका नयाँ नोट वितरण हुनेछन् । 
 
राष्ट्र बैंकको बालुवाटार कार्यालयसहित उपत्यकाका २५ ठाउँबाट नयाँ नोट सटही हुनेछ । त्यस्तै, नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट सटही सुविधा उपलब्ध हुनेछ । 
 
यसका अतिरिक्त अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुबाट पनि नोट साँटन सकिने केन्द्रीय बैंकले जनाएको छ । नयाँ नोटमा केरमेट तथा काम नलाग्ने गरी जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।



 
 

Post Your Comment