Market Closed

दसैंमा राजमार्गमा ट्राफिक जाम हुन नदिन नयाँ रणनीति, मालबाहक सवारी रातिमात्रै चल्ने

20 Sep,2019
  • highway_9_20_2019_11_31_18.jpg
नेपाली पैसा 
 
काठमाडौं : दसैंको बेला हुने ट्राफिक जामलाई ध्यानमा राख्दै ठूला तथा मालवाहक सवारीसाधनलाई रातिको समयमा मात्र चलाउन दिइने भएको छ । यससँगै दसैंमा राजधानी उपत्याकाबाट बाहिरिने लाखौं यात्रु राजमार्ग घन्टौंसम्म जाममा बस्नुपर्ने समस्याबाट मुक्ति मिल्ने अपेक्षा गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबार धुनीबेँसी नगरपालिकास्थित मछिन्द्र बहुमुखी क्याम्पसमा आयोजना गरेको सडक सुरक्षासम्बन्धी कार्यक्रममा सरकारी निकाय र सरोकारवालाहरुबीच यस्तो सहमति भएको हो । 
 
त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुंगा सडक खण्डमा पर्ने १२ किलोमिटर क्षेत्रलाई ग्यास बुलेट, लामा तथा ठूला मालबाहक सवारी तथा टिप्परलाई राति ९ बजेपछि मात्र खानीखोलाबाट काठमाडौं प्रवेश गर्न दिइने सहमति भएको छ ।  उक्त सडक खण्डमा दैनिक औसतमा १ हजारभन्दा बढी टिप्पर चल्ने गरेका छन् । सवारी चाप अत्याधिक भएपछि गत वर्षमात्रै मर्मत गरिएका सडक समेत भत्किसकेको छ । 
 

Post Your Comment