Market Closed

निजी क्षेत्रलाई सम्मान : महासंघकी अध्यक्ष राणासहित ढकाल, श्रेष्ठ र न्यौपाने विभूषित

20 Sep,2019
  • Bhawani-Rana_9_20_2019_12_25_14.jpg
नेपाली पैसा 
 
काठमाडौं : संविधान दिवसका अवसरमा सरकारले निजी क्षेत्रका व्यवसायी तथा बैंकरलाई विभिन्न पदकबाट विभूषित गरेको छ । संविधान दिवसको अवसर पारेर सरकारले निजी क्षेत्रका उद्यमी व्यवसायीलाई विभिन्न पदकबाट विभूषित गरेको हो ।

जसमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, उद्योग वाणिज्य महासंघकै उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, व्यवसायी अशोक अग्रवाल र एनआइसी एसिसा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने लगायत रहेका छन् । 
 
यीमध्ये चेम्बर अध्यक्ष राजेश श्रेष्ठ सुकीर्तिमय राष्ट्रदीप पदक (तृत्तीय), राणा, ढकाल र अग्रवाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ श्रेणी) पदक र एनआइसी एशिया बैंकका सीईओ न्यौपाने प्रवल जनसेवा श्री (चुतुर्थ) पदकबाट विभूषित भएका हुन् । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई यी पदकबाट विभूषित गरेकी हुन् । 
 

Post Your Comment