Market Closed

बैंकिङ, उद्योग र आर्थिक क्षेत्रमा मनोबल गिर्यो : परिसंघ

04 Oct,2019
  • cni_10_4_2019_4_14_30.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल उद्योग परिसंघले आर्थिक, उद्योग र बैंकिङ व्यवसायमा विभिन्न बाध्यात्मक व्यवस्था गरिंदा सञ्चालनमै समस्या हुन थालेको बताएको छ । बैंकिङ तथा औद्योगिक क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न समेत सरकारसँग माग गरिएको छ । एकैसाथ धेरै बाध्यात्मक व्यवस्था (कम्प्ल्यान्स) लागू गरिंदा एकातिर व्यवसायको सञ्चालन लागत बढेको छ भने अर्कोतिर विभिन्न कानुनी जटिलताले काम गर्न नसकिने अवस्था आएको छ ।

पछिल्लो समय बैंक अफ काठमान्डूको पूर्वसीइओलाई प्रहरी पक्रिएर अनुसन्धानका लागि जेल चलान गरेको तर्फ संकेत गर्दै परिसंघले यस्तो अवस्थमा कामै गर्न नै कठिनाई थालेको बताएको हो । आर्थिक, उद्योग, बैकिङ व्यवसाय एक अर्काका परिपूरक भएकाले एउटा क्षेत्रमा समस्या उत्पन्न हुँदा स्वतः अर्कोमा असर पर्ने गर्छ ।

यसर्थ, सरकारले अर्थतन्त्र अघि बढाउन उद्योग, आर्थिक एवं बैंकिङ व्यवसायको मनोबल बढाउने काम गर्नुपर्छ । यी क्षेत्रमा कार्यरत उद्योगी व्यवसायीहरुको आत्मबल सुधार्ने खालका कार्यक्रम अघि सार्न समेत परिसंघले आग्रह गरेको छ । 
 
 
 
 
 
 
 

Post Your Comment