Market Closed

बालबालिकालाई दशैंको पैसा बचत गर्न सिकाउनु होस्, बैंकले दिन्छन् अकर्षक ब्याज (कुन बैंकले कति ?)

06 Oct,2019
  • interest_10_6_2019_5_50_33.jpg
नेपाली पैसा
 
काठमाडौं  : दशैं बालबालिका लागि विशेष उत्सवको चाड हो । दशैं भन्ने बित्तीकै नयाँ कपडा, टिका जमरा, आशिर्वादसँगै नयाँ पैसा सम्झिन्छन् । परिवार तथा आफन्तले पनि बालबालिकालाई दशैंमा टिकाजमारा र आर्शिवाद सँगसँगै नयाँ रुपैयाँ दक्षिणा स्वरुप दिन्छन् । यो बेला केटाकेटीसँग तुलनात्मक रुपमा अरु समयमा भन्दा बढी पैसा हुन्छ । यो पैसालाई फजुल खर्च गर्न दिनुभन्दा बचत गर्न सिकाउनु महत्वपूर्ण हो । उनीहरुलाई सानैदेखि बचत गर्न सिकाए पछिसम्म उनीहरुको बचत गर्ने बानी बस्छ ।
 
बैंक तथा वित्तीय संस्थाहरुले पनि बालबालिकालाई लक्षित गरेर विभिन्न किसिमका बाल बचत योजना ल्याएका छन् । उक्त खातामार्फत बालबालिकालाई आकर्षक ब्याजदर पनि दिँदै आएका छन् । अधिकांश वाणिज्य बैंकले बाल बचत योजनामा ६.५०% ब्याजदर दिँदै आएका छन् । यो नै सबैभन्दा धेरै ब्याजदर हो ।
 
यता, नेपाल एसबीआई बैंकले भने बाल बचतमा सबैभन्दा थोरै ३.२५% ब्याजदर दिँदै आएको छ । कोही वाणिज्य बैंकले पहिलो पटक बाल बचत खाता खोल्ने बचतकर्तालाई ५००/१००० रुपैयाँ खातामा जम्म गरिदिन्छन् भने, केही बैंकले न्यून मूल्य राखेर बाल बचत खाता खोल्ने अवसर दिएका छन् ।

हेरौं कुन वाणिज्य बैंकले बाल बचत खातामा कति प्रतिशत ब्याजदर दिन्छन् ?

Post Your Comment