सकियो ल्याप्चे युग, पुँजीगत लाभकर गणना अब मेरो सेयर सफ्टवेयरबाटै

15 Oct,2019
  • capital_gain_10_15_2019_11_46_36.jpg
नेपाली पैसा 
 
काठमाडौं : भारित औसत लागत विधिबाट पुँजीगत लाभकर गणना विधिले बल्ल मूर्त रुप लिएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले मेरो सेयर सफ्टवेयरबाटै लाभकर हिसाबकिताब गर्न सक्ने प्रणालीलाई सोमबारदेखि पूर्णरुपमा कार्यान्वयनमा ल्याएको हो । यसअघि यसलाई परीक्षण सञ्चालन गरिएको थियो । लगानीकर्ताको सुझावहरु समेत समेटर यसलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याइएको सीडीएसले जानकारी गराएको छ ।

यस प्रणालीको कार्यान्वयनसँगै अब सेयर बिक्रीपछि ल्याप्चे लगाउन लगानीकर्ता ब्रोकर कार्यालयसम्म धाउनुपर्ने झन्झटिलो प्रथासमेत अन्त्य भएको छ । यसअघि सरकारले चालु आर्थिक वर्षबाट भारित औसत लागत विधिबाट पुँजीगत लाभकर गणना गर्न थालेपछि समस्या चुलिएको थियो । लामो प्रयासपछि यस विधिले सार्थकता पाएको हो । 
 
सीडीएसका अनुसार लगानीकर्ताले आफ्नो डिम्याट खातामा रहेको सेयरको मौज्दात रहेको सेयरको भारित लागत हिसाब गर्न तथा ती सेयरहरु बिक्री गरेपछि राफसाफ तथा फस्र्योटका लागि इडीआइएस प्रविष्टि गर्दा भारित औसतको लागत राफसाफ सदस्यलाई प्रदान गर्न सकिनेछ ।

यससँगै मेरो सेयरमा अन्य फिचरहरु पनि थपिएको छ । आइपीओ, हकप्रद लगायतका सेयर आवेदन खुला, आवेदन दिने मिति लगायतका विषयमा पनि जानकारी पाउन सकिनेछ । 

Post Your Comment