Market Closed

सामाजिक सञ्जालमा मोदी आकर्षण : इन्स्टाग्राममा ट्रम्प र ओबामालाई समेत उछिने

15 Oct,2019
  • narendra-modi-pti-875-1_10_15_2019_4_22_50.jpg
नेपाली पैसा
 
काठमाडौ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सामाजिक सञ्जाल इन्स्टाग्राम खातामा ३ करोड फलोअर्स पुगेका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामालाई समेत पछि पारेका छन् । यससँगै मोदी इन्स्टाग्राममा ३ करोड फलोअर्स भएका विश्वका एक मात्र राजनीतिज्ञ बनेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इन्स्टाग्राम खातामा (अकाउन्ट) १ करोड ४९ लाख र पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको खातामा २ करोड ४८ लाख फलोअर्स रहेका छन् । 
 
मोदीको लोकप्रियता ट्विटरमा समेत उत्तिकै छ । ट्विटरमा मोदीको ५ करोड ७ लाख फलोअर्स छन् । मोदी ट्विटरमा विश्वकै सबैभन्दा धेरै फलोअर्स भएका राजनीतिज्ञहरु मध्ये तेस्रो स्थानमा पर्दछन् । ट्विटरमा भने पहिलो र दोस्रो स्थानमा बाराक ओबामा र ट्रम्प रहेका छन । 
 
फेसबुकमा भने मोदीले ट्रम्पलाई उछिनेका छन् । ट्रम्पको फेसबुकमा २ करोड ४० लाख फलोअर्स रहेका छन् । मोदीको भने ४ करोड ४४ लाख फलोअर्स छन् । बारक ओबामा भने फेसबुकमा ५ करोड ४० लाख फलोअर्सका साथ विश्वकै धेरै फलोअर्स हुने राजनीतिज्ञ बनेका हुन् ।
 
 
 

Post Your Comment