Market Closed

माछापुच्छ्रे बैंकमा ११५ जनाका लागि जागीर खुला, कुन तहमा कति ?

16 Oct,2019
  • Machhapuchhre-bank-Ltd_8_13_2018_11_19_23_10_9_2019_9_10_58.jpg
नेपाली पैसा
 
काठमाडौं : माछापुच्छ्रे बैंकले ११५ जना कर्मचारीका लागि आवेदन खुला गरेको छ । बैंकले काठमाडौं उपत्यका भित्र र बाहिरका लागि ‘म्यानेजमेन्ट ट्रेनी’ र ‘ट्रेनी जुनियर एसिटेन्ट’ पदमा आवेदन मागेको हो ।
 
बैंकले ‘म्यानेजमेन्ट ट्रेनी’ को लागि २५ जना र ‘ट्रेनी जुनियर एसिटेन्ट’ पदका लागि ९० जनाको आवेदन मागेको छ । ‘म्यानेजमेन्ट ट्रेनी’ पदको लागि आवेदन दिनेले व्यवस्थापनमा स्नातकोत्तर तह उतिर्ण गरेको हुनुपर्ने छ । 
 
त्यस्तै, ‘ट्रेनी जुनियर एसिटेन्ट’ पदमा आवेदन दिनका लागि स्नातक उतिर्ण गरेको हुनुपर्ने बैंकले जारी गरेको विज्ञापनमा उल्लेख छ । उक्त पदमा जागिर खान इच्छुकले कात्तिक १३ भित्रमा बैंकको वेबसाइटमा गएर तोकिएको कागजजात बुझाएर आवेदन दिनुपर्नेछ ।
 

Post Your Comment