Market Closed

मार्जिन कारोबारका लागि ८ ब्रोकर कम्पनीले गरे नवीकरण

20 Oct,2019
  • margin_img_10_20_2019_1_48_17.jpg
नेपाली पैसा
 
काठमाडौं : मार्जिन कारोबारका लागि अनुमति पाएका २१ मध्ये ८ वटा ब्रोकर कम्पनीले मात्र नवीकरण गरेका छन् । मार्जिन कारोबार गर्न ब्रोकर कम्पनीहरुले प्रत्येक वर्ष सदस्यता नवीकरण गर्नुपर्ने हुन्छ । त्यसो त ब्रोकर कम्पनीहरुले बल्ल कारोबार थाल्ने प्रक्रियामा छन् । नेप्सेका अनुसार अघिल्लो वर्ष २१ वटा कम्पनीले यो सेवा लिन अनुमति पाएका थिए । त्यसमध्ये ८ वटा व्यवसायीले आर्थिक वर्ष २०७६–७७ का लागि नवीकरण गरेका छन् ।

नवीकरण गर्नेमा क्रिष्टकञ्चनजंगा, सेक्युर्ड, भिजन, नेपाल स्टक हाउस, प्राइमो, कोहिनुर इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज र दिपशिखा रहेका छन् । नवीकरण गरेका कम्पनीहरुले धमाधम मार्जिन सेवा सुरु गरेका छन् । क्रिष्टल, भिजन लगायतका कम्पनीले मार्जिन ऋण उपलब्ध गराउन सूचना समेत जारी गरिसकेका छन् । बाँकी कम्पनीहरुले पनि नवीकरण गरेपछि सेवा प्रवाह गर्न सक्ने नेप्सेको भनाई छ । 


Post Your Comment