Market Closed

नौ करोड बिगो बराबरको राजस्व छली गर्ने ५ जना विरुद्ध मुद्दा

14 Nov,2019
  • rajeshow-bhibhag_11_14_2019_7_53_59.jpg
नेपाली पैसा

काठमाडौं : नौ करोड ३९ लाख बिगो बराबरको राजस्व छली गरेको आरोपमा पाँच जना विरुद्ध मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि करसम्बन्धी झुठो तथा नक्कली बीजकको प्रयोग गरी राजस्व छली गरेको आरोपमा उनीहरु विरुद्ध मुद्दा दायर गरिएको हो ।
 
विभागले उनीहरुविरुद्ध बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । कर छली गरेको आरोपमा काभ्रेपलाञ्चोक घर भई काठमाडौं महानगरपालिका ३२ बस्ने एसपी इन्टरप्राइजेज र हिमाल कन्सट्रक्सनका प्रोपाइटर शिवप्रसाद गौतमले  तीन करोड ८१ लाख रुपैयाँ र रामेछाप घर भई काठमाडौंमा हार्डवेयर सञ्चालन गर्दै आएका देवबहादुर खत्रीले झन्डै तीन करोड रुपैयाँ बिगो बराबरको राजस्व छलेको भन्दै उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

यस्तै काभ्रेपलाञ्चको पाँचखाल– ७ घर भई काठमाडौं महानगरपालिका ३२ बस्ने वाटरमार्क इन्टरप्राइजेजका प्रोप्राइटर शिवराम न्यौपानेले एक करोड ५९ लाख रुपैयाँ, काठमाडौं महानगरपालिका– ११ बस्ने हिमालयन इन्टरप्राइजेजका प्रोपाइटर लक्ष्मण चौलागाईंले  ६९ लाख ३९ हजार रुपैयाँ र भक्तपुर बस्ने न्यू युनिभर्सल इन्टरप्राइजेका सञ्चालक सुदर्शन चौलागाईंले  ३० लाख ३२ हजार रुपैयाँ बिगो बराबरको कर छली गरेको आरोपमा विभागले उनीहरुविरुद्ध पनि मुद्दा दर्ता गरेको विभागले जनाएको छ । 
 

Post Your Comment