Market Closed

कम्युनिष्ट सरकारले पुँजी बजारलाई छेड्के नजरले हेर्यो : छोटेलाल रौनियार

23 Nov,2019
  • chhote_(1)_11_23_2019_5_44_26.jpg
नेपाली पैसा

काठमाडौं : कम्युनिष्ट सरकारले पुँजी बजारलाई छेड्के नजरले हेर्ने गरेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियाले बताएका छन् । सरकारको यस्तो हेराईकै कारण सेयर बजार दिनप्रतिदिन क्षयीकरण हुँदै गएको पनि उनले बताए । अब अति भइसकेकाले लगानीकर्ताले सरकारको हेपाई सहन नहुने उनको भनाई छ । 

विगत ४ वर्षको अन्तरालमा सेयर लगानीकर्ताले करिब १४ खर्ब रुपैयाँ गुमाएको उनले बताए । नेपाली पैसा भिडियो अन्तरवार्ता कार्यक्रम ‘फिन टक’ मा कुरा गर्दै अध्यक्ष रौनियारले भने, ‘मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पुँजी बजार लामो समयदेखि शिथिल रहँदा यसले समग्र रुपमा राष्ट्रकै अर्थतन्त्रलाई असर गरेको छ ।’ 

अर्थमन्त्री डा. युवराज खतिवडा पुँजी बजारका बारेमा नकारात्मक भइदिंदा पनि दोस्रो बजारमा पहिरो गएको उनको दाबी छ । उनले भने, ‘दुई तिहाइको सरकारले पुँजी बजार दिप्रतिदिन तल झर्दा पनि सुधारका लागि पहल गर्नुको सट्टा चुपचाप बसेको छ । यसले सरकारको गैरजिम्मेवारीपन स्पष्ट रुपमा देखाउँंछ ।’

अध्यक्ष रौनियारले वर्तमान सरकारलाई पुँजी बजारका बारेमा सकारात्मक बन्न आग्रह पनि गरेका छन् । रौनियारले भने, ‘सरकार पुँजी बजारका बारेमा सकारात्मक बनिदिनुपर्छ । हामीले उहाँहरुलाई (सरकारलाई) बजारमा लगानी गरिदिनुहोस् भनेका छैनौं । मात्र सरकारबाट सपोर्टको अपेक्षा गरेका हौं ।’

पुँजी बजारको यही सेरोफेरोमा केन्द्रित रहेर फोरमका अध्यक्ष रौनियारसँग नेपाली पैसाले गरेको भिडियो वार्ताको पूर्ण अंश तलको लिंकबाट हेर्नुहोस् :

भिडियो अन्तरवार्ताको विस्तृत विवरण हेर्न यो लिंकमा क्लिक गर्नुहोस् । 


 
 

Post Your Comment