Market Closed

सुन प्रतितोला ७१ हजार ६ सयमा कारोबार

24 Nov,2019
  • gold-photo_11_24_2019_12_48_07.jpg
नेपाली पैसा 

काठमाडौं : सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ७१ हजार ७ सय रुपैयाँ थियो । उक्त दिन सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको थियो ।



तेजाबी सुनको मूल्य पनि प्रतितोला १ सय रुपैयाँले घटेर ७१ हजार ३०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य ५ रुपैयाँले घटेर ८ सय ५५ रुपैयाँ भएको महासंघले जनाएको छ । 
 

Post Your Comment