Market Closed

आजबाट नारायणगढ–मुग्लिन सडक दिउँसो ४ घण्टा बन्द

13 Dec,2019
  • muglin_12_11_2019_4_16_12_12_13_2019_10_57_24.jpg
नेपाली पैसा 

काठमाडौं : नारायणगढ–मुग्लिन सडकखण्ड आज (मंसिर २७ गते) बाट २ सातासम्म दिउँसोको समयमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा बुधबार बसेको सुरक्षा समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी २ साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो । निर्माण सम्पन्न भइसकेको यस सडक खण्डमा विभिन्न ठाउँमा पहिरो रोकथामका लागि थप काम गर्नुपर्ने भएकाले दिउँसोको समयमा सवारी रोकेर कार्य गर्न लागिएको हो । 
 
नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको माग अनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न चितवन प्रशासनले सबैमा आव्हान गरेको छ । त्यस अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधन १५ किलो र मालवाहक सवारी साधन दासढुंगामा रोकिनेछन् । 
 
यस्तै, मुग्लिनबाट नारायणगढतर्फ जाने यात्रुवाहक सवारी साधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारी साधन लेवाटार र आबुखैरहनीमा रोकिनेछ । एम्बुलेन्स, शवबाहन लगायत अत्यावश्यक सवारी साधन सुरक्षा निकायको समन्वयमा पास गराइने जिल्ला प्रहरी कार्यालय चितवनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

 

Post Your Comment