Market Closed

शुक्रबार सुनको भाउ कतिमा हुँदैछ किनबेच ?

13 Dec,2019
  • gold_12_10_2019_11_52_51_12_12_2019_12_16_26_12_13_2019_11_18_39.jpg
नेपाली पैसा  

काठमाडौं : सुनको भाउ शुक्रबार प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायि महासंघकाअनुसार शुक्रबार छापावाला सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार छापावाला सुनको मूल्य ४०० रुपैयाँले बढेर ७१ हजार २०० रुपैयाँ पुगेको थियो । 


यस्तै, तेजाबी सुन पनि ४०० रुपैयाँले नै घटेर ७० हजार ५ सय रुपैयाँमा झरेको छ । बिहीबार तेजाबी सुन मूल्य ७० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।  यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएको छ । 

Post Your Comment