Market Closed

नारायणगढ–मुग्लिन सडक पूर्ण सञ्चालनमा आयो

09 Jan,2020
  • muglin_1_9_2020_6_04_49.jpg
 
 
काठमाडौं : नारायणगढ–मुग्लिन सडकखण्ड बिहीबारदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । सवारी साधान रोकेर पहिरो नियन्त्रणको कार्य पूरा गरिएपछि पूर्णरूपमा सडक सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालले जानकारी दिए ।
 
दिउँसोको समयमा दैनिक ४ घण्टा सवारी साधन रोकेर पहिरो नियन्त्रणको काम हुँदै आएको थियो । अब बाँकी रहेका काम अन्य दिनमा केही समय सवारी साधन रोक्दै पूरा गरिने खनालले बताए । उनले भने, “बाँकी रहेका केही सामान्य कामहरु आगामी दिनमा थोरै–थोरै समयको अन्तरालमा सवारी साधन रोक्दै ट्राफिक व्यवस्थापन मिलाउनेछौं।”
 
नारायणघाट मुग्लिन सडकमा बाँकी रहेका आठ ठाउँमा पहिरो रोकथामको काम गरिएको हो । गत मंसिर २७ गतेदेखि प्रत्येक दिन बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म सडकमा सवारी साधन रोकेर काम हुँदै आएको थियो । पहिरो नियन्त्रणका काम लगभग सकिएसँगै आगामी वर्षदेखि मुग्लिङ–नारायणघाट सडकमा वर्षातको समयमा पनि पहिरोको प्रभावले सवारी यातायातमा न्यून मात्र प्रभाव पर्ने सुनिश्चित भएको खनालले बताए । 
 
रासस

Post Your Comment