Market Closed

सेयर बजारमा उछाल आउँदा करिब दर्जन कम्पनीमा सर्किट

16 Jan,2020
  • bull3_1_16_2020_4_32_04.jpeg
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजारमा उछाल आउने क्रमले साताको अन्तिम दिन बिहीबार पनि निरन्तरता लगानीकर्तामा खुशीयाली छाएको छ । उनीहरुले अधिकतम कारोबार गरेर यसरी खुशीयाली बनाउँदा बिहीबार ११ कम्पनीको सेयर भाउ १०% ले बढेर सर्किट ब्रेकर लागेको छ । विशेष गरी कम पुँजी भएका कम्पनीहरुमा सर्किट लागिरहेको छ । सर्किट लाग्नेमा सबैभन्दा बढी ५ वटा लघुवित्त कम्पनी, ३ फाइनान्स, उत्पादनमूलक समूहमा पर्ने शिवम् सिमेन्टस् र १ हाइड्रोपावर कम्पनी रहेका छन् । यसैगरी, एनआइबीएल प्रगति फन्डको पनि भाउ बढेर सर्किट लागेको छ । 
 
नेप्सेले कम्पनीहरुको भाउ १०% सम्म बढेपछि त्यसभन्दा माथि जान नदिन सर्किट ब्रेकर लगाउने गर्छ । कतिपय कम्पनीमा भाउ बढेर १०% भन्दा माथि पुग्ने अवस्था आएमा १०% भन्दा कम भाउ कायम हुने गरी नै पनि रोकिन्छ । यसरी नै १०% भाउ घट्दा पनि सर्किट लगाउने चलन छ । पछिल्लो समय पुँजी बजारमा उछाल आउन थालेको छ । बैंकमा तरलता सहज भएको छ । ब्याजदर घट्ने क्रम सुरु भएको छ ।
 
बैंकहरुले खोजीखोजी सेयर धितो कर्जामा ऋण प्रवाह गर्न सुरु गरेका छन् । बजारको वियरिस यात्रा पनि समाप्त भएको छ । सूचीकृत कम्पनीहरुको दोस्रो त्रैमासको नाफा बढ्ने अनुमानमा पनि लगनीकर्ता थप उत्साहित भएका हुन् । पुँजी बजारमा लगानीकर्ताको मनोबलको पनि निकै बृहत भूमिका रहने गर्छ । 
 

 

Post Your Comment