Market Closed

सिटिजन्स बैंकको नाफा घट्नुमा यस्तो छ कारण

20 Jan,2020
  • Citizen-bank-international-LTD_12_31_2018_10_39_56.jpg
नेपाली पैसा
 
काठमाडौं : सिटिजन्स बैंकको नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १०.७२% ले घटेको छ । यसअवधिमा बैंकको नाफा ६८ करोड ७७ लाख १ हजार रुपैयाँमा सीमित भएको हो । अघिल्लो वर्षको पुस मसान्तसम्ममा यसले ७७ करोड ३ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको थियो । स्प्रेड दर घटौतीको असर पनि नाफा परेको बैंकरहरुले दाबी गर्दै आएका छन् ।
 
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले यसको खुद नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ३.७८% र  १२.०१% ले घटेको छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा ६२ करोड १० लाख रुपैयाँ रहेको छ । 

सबै वाणिज्य बैंकहरूले कर्जा र निक्षेपबीचको भारित ब्याजदर अन्तर यस आर्थिक वर्षको अन्त्यमा ४.४% कायम गर्नुपर्नेछ। यसबाट नाफामा केही असर पर्न सक्ने अनुमान गरिएको हो । आर्थिक वर्ष ०७६–७७ का लागि यो दर ४.४% कायम भएको हो । यस्तो दर ०७५–७६ मा ४.५% र ०७४–७५ मा ५% निर्धारण गरिएको थियो । बैंकहरुले ब्याजमा लिने र दिने बीचको अन्तर खुम्चिंदा नाफा केही प्रभावित भएको हो । 


 
बैंकको चुक्ता पुँजी न्यून (२.९९%) ले बढेको छ । नाफा घटेपछि त्यसको प्रत्यक्ष असर प्रतिसेयर आम्दानीमा पनि परेको छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ४७ पैसाले घटेर १५ रुपैयाँ ९५ पैसामा आएको छ । सिटिजन्सको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ १३ पैसा छ । 
 

Post Your Comment