Market Closed

उपसभामुखले दिइन् राजीनामा, सभामुखको निर्वाचन माघ १२ गते हुने

20 Jan,2020
  • vice_1_20_2020_4_02_12.jpg
नेपाली पैसा 
 
काठमाडौं : उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले सोमबार राजीनामा दिएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्टै संसद बैठक राखेर तुम्बाहाङ्फले राजीनामा दिने घोषणा गरेकी हुन् ।‘ प्रतिनिधिसभामा बहुमत प्राप्त दलले सभामुखका लागि दाबी गरेको अवस्थामा सहजीकरणका लागि मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदन समक्ष निवेदन गर्न चाहन्छु,’ उनले भनिन् । त्यसलगतै उनले संसद सचिवालयमा राजीनामा पत्र दर्ता गराएकी छन् । 
 
सभामुख चयनका लागि १२ गते निर्वाचन हुने 
 
यता संसदमा भएका प्रमुख दलहरुबीच सभामुखको चुनाव माघ १२ गते सहमति जुटेको छ । त्यसअनुसार संसद सचिवालय बसेर कार्यतालिका बनाउँदैछ । आज ४ बजे बस्ने संसदको बैठकमा यसबारे औपचारिक जानकारी गराइनेछ । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा दिइसकेकाले बैठकको अध्यक्ष ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्ने संसद सचिवालयले जानकारी गराएको छ । 

Post Your Comment