Market Closed

अर्थमन्त्री खतिवडा अब सञ्चार मन्त्री पनि

21 Feb,2020
  • khatiwada_2_21_2020_10_56_34.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पनि अर्थमन्त्री डा. युवराज खतिवडालाई दिएकी छिन् । ७० करोड रुपैयाँ घुस प्रकरणमा गोकुल बास्कोटाले राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले अर्थमन्त्री खतिवडालाई सञ्चार मन्त्रालयको समेत जिम्मेवारी दिएकी हुन् ।  
 
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै खतिवडालाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको जानकारी दिएको हो । यस्तै, बास्कोटाले नै सम्हालेको सहरी विकास मन्त्रालयको जिम्मेवारी भने भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले पाएका छन् । 

Post Your Comment