Market Closed

विद्युतीय बस भित्र्याउने प्रक्रिया कहाँ पुग्यो ?

28 Feb,2020
  • Sundar-Yatyat_2_28_2020_12_35_38.jpg
 
 
 
काठमाडौं : विद्युतीय बस कुन माध्यमबाट खरिद गर्ने, बसको क्षमता, त्यसको आकार कस्तो हुने लगायतका विषयमा छलफल अघि बढ्न थालेको छ । भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव प्रमिलादेवी शाक्यको नेतृत्वमा बनेको समितिले बसका बारेमा आवश्यक तयारी अघि बढाएको हो । समितिको सुझावकै आधारमा खरिद प्रक्रिया अघि बढ्ने भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्ता सरोजकुमार प्रधानले बताए । 

उनका अनुसार साझा यातायात सहकारी संस्थाबाट पैसा फिर्ता लिइएपछि मन्त्रालयले खरिदका लागि आवश्यक तयारी अघि बढाएको छ । उनले भने, “विद्युतीय बसको स्पेशिफिकेसन, मोडालिटिलगायतका विषयमा छलफल भइरहेको हो ।”
 
सरकारले विद्युतीय बस खरिदका लागि गत असारमा साझा यातायात सहकारी संस्थाको ३ अर्ब बराबरको सेयर खरिद गरेको थियो । पहिले दिइएको भन्दा संस्थाले ‘स्पेशिफिकेसन’ फरक भएको र बस खरिद अघि नबढेको भन्दै सरकारले ४ महिनापछि गत कात्तिकमा सो रकम फिर्ता गरेको हो ।

संस्थालाई दिइएको रकमसँगै ब्याजसमेत फिर्ता लिइएको मन्त्रालयका प्रवक्ता प्रधानले बताए । रकम फिर्ता भएसँगै सरकार आफैंले नयाँ प्रक्रियाबाट खरिद गर्नका लागि तयारी अघि बढाएको हो । 
 
रासस

Post Your Comment