Market Closed

प्रचण्ड भन्छन्–वामदेव राष्ट्रियसभामा जाँदा पनि खतिवडा ६ महिनासम्म अर्थमन्त्री बन्न सक्ने

28 Feb,2020
  • Prachanda-1_2_28_2020_4_09_59.jpg
नेपाली पैसा 
 
चितवन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने पार्टी सचिवालयको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन गर्नुपर्ने बताएका छन् । गृहजिल्ला चितवनमा शुक्रवार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी निर्णय प्रधानमन्त्रीले मान्नुको विकल्प नरहेको पनि बताए । त्यस्तै, उनले युवराज खतिवडालाई अर्थमन्त्री बनाइराख्न अहिले नै राष्ट्रिय सभामा लैजानैपर्ने बाध्यात्मक अवस्था नरहेको पनि प्रष्ट पारे ।

’अर्थमन्त्री हुनका लागि राष्ट्रिय सभामा जानैपर्छ भन्ने छैन, हाम्रो अहिलेको संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय सभामा नगए पनि ६ महिनाका लागि उहाँलाई मन्त्री बन्न कुनै अप्ठ्यारो छैन,’ प्रचण्डले भने, त्यसमा पनि उहाँलाई राख्ने नराख्ने भन्ने प्रधानमन्त्रीकै हातको कुरा हो । 
 
तर, राष्ट्रिय सभामा वामदेव गौतमजी नै जानु हुन्छ’ दाहालले भने । राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभा सदस्य युवराज खतिवडाको यही फागुन २० गतेदेखि कार्यकाल सकिँदैछ । उक्त कोटामा गौतमलाई लैजान लागिएको हो । सचिवालयका सदस्यमध्ये वामदेव १ जना मात्रै संघीय संसद्को सदस्य बन्न बाँकी रहेका कारण राष्ट्रिय सभामा लैजान खोजेको समेत दाहालले बताए । 
  
 

Post Your Comment