Market Closed

अब जति रकमको रिचार्ज गर्यो त्यति नै बराबरको बोनस पाइने

25 Mar,2020
  • bonis_ntc_3_25_2020_6_44_01.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्जमा शतप्रतिशत बोनस दिने निर्णय गरेको छ । सरकारले कोरोनाको संक्रम फैलिनबाट रोक्नका लागि लक डाउन गरेपछि धेरै ग्राहकलाई रिचार्ज कार्ड किन्न समस्या परिरहेको बेला टेलिकमको यस्तो निर्णय आएको हो । यो व्यवस्था बुधबार रातको १२ बजेपछि कार्यान्वयनमा आउनेछ । अर्थात् बुधबार राति १२ बजेपछि रिचार्ज गर्दा बोनस पाउनेछन् । 
 
अहिले नागरिक घर बाहिर निस्कन पनि नसक्ने अवस्था रहेकाले रिचार्ज रकम बराबरकै बोनस दिन मोबाइल सेवा प्रदायकलाई मंगलबार नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको थियो । टेकिलमले आफ्नो नेटवर्कभित्र प्रयोग गर्न सकिने गरी रिचार्जजत्तिकै बोनस ब्यालेन्स रकम उपलब्ध गराउने निर्णय गरेको हो । प्राधिकरणले २ सय रुपैयाँ बराबरको ऋण पनि दिन निर्देशन दिएको थियो । 

Post Your Comment