Market Closed

अमेरिकामा २ खर्ब डलरको राहत प्याकेज, प्रत्येक करदातालाई १२ सय डलर वितरण गरिदै

26 Mar,2020
  • us_img_3_26_2020_12_37_32.jpg
 
 
 
 
काठमाडौं : अमेरिकामा कोरोना भाइरसबाट उत्पन्न आर्थिक संकटसँग जुध्न हरेक करदातालाई १२ सय डलर दिने लगायतका विषय समेटिएको प्याकेज सिनेटबाट पारित भएको छ । बुधबार यो प्याकेजसहितको विधेयक पारित भएको हो । उपस्थित सबै ९६ सिनेटरहरुले विधेयकको पक्षमा मतदान गरेका थिए । विपक्षमा कुनै पनि मत नपरेकाले यो विधेयक सर्वसम्मतले पारित भएको हो । अब शुक्रबार बिहान ९ बजे यो विधेयक मतदानका लागि हाउसमा लगिने तय भएको छ । यदि हाउसबाट पनि पारित भएमा यो अमेरिकी इतिहासकै सबैभन्दा ठूलो आपतकालीन राहत प्याकेज हुनेछ ।
 
२ खर्ब अमेरिकी डलरको यो प्याकेजमा प्रत्येक करदातालाई १२ सय डलर, विवाहितलाई २४ सय डलर र १७ वर्षभन्दा कम उमेरका परिवारका सदस्यका लागि थप ५ सय डलर प्रदान गरिने उल्लेख गरिएको छ । वार्षिक ७५ हजारभन्दा कम आम्दानी हुने व्यक्तिलाई १२ सय डलर प्रदान गरिने छ । अमेरिकी इतिहासमै यो सबैभन्दा ठूलो राहत प्याकेजमा पर्ने एनपीआर डट ओआरजीले लेखेको छ । 
 

Post Your Comment