Market Closed

कोरोना संक्रमित धमाधम निको हुँदै, शुक्रबार नेपालगञ्जका २१ जना घर फर्के

22 May,2020
  • corona_1_5_22_2020_1_44_43.jpg
नेपाली पैसा

काठमाडौं : कोरोना संक्रमित उपचारपछि निको भएर धमाधम घर फिर्ता हुने क्रम बढेको छ । यसैक्रममा पछिल्लो पटक नेपालगञ्जका २१ जना संक्रमित पनि निको भएर घर फर्किएका छन् । ‘आइसोलेसनमा उपचार गराइरहेका २८ जनामध्ये २१ जनामा पछिल्लो दुईपटक गरिएको पीसीआर टेस्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले जनाएको छ ।

निको भएर घर फर्किनेमा १२ जना पुरुष र ९ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७० जना पुगे छ । नेपालमा हालसम्म ४८७ जनामा कोरोना संक्रमण देखिएको हो । 

Post Your Comment