Market Closed

आरबीआईको ब्याजदर घटाउने घोषणा

22 May,2020
  • RBI-governer__5_22_2020_2_02_36.jpg
नेपाली पैसा
 
काठमाडौं : रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले ऋणको ब्याज घटाउने नीतिगत निर्णय गरेको छ । केन्द्रीय बैंकले आम ग्राहकलाई राहत दिन ऋणको ब्याज घटाउने नीतिगत निर्णय गरेको गभर्नर शक्तिकान्त दासले बताए । उनले ऋणको ब्याज तिर्ने समय अगस्ट महिनासम्म पुर्याएको पनि जानकारी दिए । साथै, उनले रिपो रेट ०.४% ले घटाइएको घोषणा गरेका छन् । आरबीआईले रिभर्स रिपो रेट पनि ३.७५% बाट घटाएर ३.३५% मा झारेको छ ।

गभर्नर दासले मूल्यवृद्धि दर ४% भन्दा तल राख्ने प्रयास भइरहेको जानकारी दिए । कोरोनाका कारण चालु वर्षको आर्थिक वृद्धिदर ऋणात्मक हुने गभर्नर दासले बताए । उनले मूल्यवृद्धिमा भने निरन्तर दबाब परिरहेको जानकारी दिए । तथापि, केही रिसर्चहरुले भने लक डाउन केही समयमै पूर्णरुपमा हटेमा आर्थिक वर्षको अन्त्यसम्ममा भारतीय अर्थतन्त्रको आकार वृद्धि हुने प्रक्षेपण गरिएको छ । 
 

Post Your Comment