Market Closed

जापानद्वारा एसएमईका लागि २ खर्ब ७९ अर्ब डलर ऋण उपलब्ध गराउने घोषणा

22 May,2020
  • japan1_5_22_2020_2_38_57.jpg
 
 
 
काठमाडौं : जापानको केन्द्रीय बैंकले कोरोना भाइरसबाट ठूलो क्षति व्यहोर्न बाध्य साना व्यवसायीका लागि २ खर्ब ७९ अर्ब डलर बराबर ऋण उपलब्ध गराउने घोषणा गरेको छ । जापान अहिले विश्वमै तेस्रो ठूलो अर्थ व्यवस्था भएको मुलुक हो । बैंक अफ जापानले यसअघि पनि साना तथा मझौला उद्योग व्यवसाय (एसएमई) का लागि सहुलियत दरमा ठूलो परिमाणको ऋण व्यवस्था गरेको थियो ।

कोरोना भाइरसबाट विश्व अर्थतन्त्रमा ठूलो क्षति पुग्नु अघि नै जापानी अर्थ व्यवस्था प्राकृतिक प्रकोप र उपभोग्य वस्तुमा बढाइएको करबाट निकै ठूलो संकटमा थियो । गत सोमबार प्रकाशित आर्थिक विवरणमा सन् २०१५ को पहिलो चौमासिक अवधिमै जापानको अर्थतन्त्र मन्दीमा रहेको देखिएको छ ।

जापानी अर्थशास्त्रीहरुले त्यहाँको अर्थ व्यवस्थामा अझै ठूलो संकट आउने अनुमान गरेका छन् । गत महिना जापानको केन्द्रीय बैंकले अर्थतन्त्रलाई गतिशील तुल्याउन तथा कोरोना भाइरसका कारण सिर्जित समस्या सुल्झाउन नयाँ मौद्रिक नीति अघि सारेको थियो ।  
 
रासस–एएफपी
 
 

Post Your Comment