Market Closed

थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ५४८ पुग्यो

23 May,2020
  • corona_6_5_22_2020_9_33_08_5_23_2020_10_47_59.jpg
नेपाली पैसा 

काठमाडौं  : नेपालमा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नयाँ थपिएसँगै कुल संक्रमित संख्या ५४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना संक्रमित भेटिएका छन् । 
 
त्यस्तै, कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना संक्रमित भेटिएका छन् । रुपन्देहीमा ८ जना, बारा, चितवन र काठमाडौं जिल्लामा पनि एक एक जना संक्रमित भेटिएका छन् । 
 
 
 
 

Post Your Comment